काठमाडौ – २०८० कार्तिक १७ गते पश्चिम नेपालमा गएको शक्तिशाली भूकम्पले क्षति पुर्याएका सयौं परिवारलाई अष्ट्रिया देशका संगीतकर्मी तथा समाजसेवी Frizzey Greif ले हालै सहायता गरेका छन् ।
उनको संस्था Frizzey Light Association ले जाजरकोट जिल्लाको बारेकोट, नलगाड, भेरी, छेडागाढ तथा पश्चिम रुकुमको आठबिसकोट, चौरजहारी तथा मुसीकोटका विभिन्न वार्डहरूमा गरी ६४५ परिवारलाई सिरक, डसना तथा चामल वितरण गरेको छ ।
उनले २०७२ (सन २०१५) सालको भूकम्पपछि लगातार रूपमा आवश्यकतामा परेका मानिसहरूलाई सहायता गरेका थिए ।
भूकम्पले भौतिक एंव मानवीय ठूलो क्षति पुगेर पनि आवश्यक राहत नपुगेका सयौं परिवारहरूमा उक्त संस्थाको सहायताले ठूलो मद्दत गरेको स्थानीय समाजसेवीहरूको भनाइ रहेको छ ।
© 2026 All right reserved to arthanepal.com | Site By : Sobij