काठमाण्डौ – हिमालयन लघुवित्त वित्तीय संस्थाको १२ औं वार्षिक साधारण सम्पन्न भएकोे छ । सभाले आर्थिक वर्ष २०७९/ ८० को वार्षिक प्रतिवेदन, लेखापरीक्षकको प्रतिवेदन लगायतका प्रस्तावहरु पारित गरेको छ ।
सभामा कम्पनीका अध्यक्ष बिजय मान नकर्मीले लघुवित्तको क्षेत्रमा प्रतिकूल अवस्था रहेता पनि आगामी दिनमा आफ्ना ग्राहकलाई अझ गुणस्तरीय सेवा उपलब्ध गराउँदै सेयरधनीको अपेक्षा पुरा गर्न कटिबद्ध रहेको बताए।
सभामा कम्पनीका प्रमुख कार्यकारी अधिकृत विनोद आचार्यले स्वागत मन्तव्य राखेका थिए। राष्ट्रिय स्तरको कार्यक्षेत्र भएको कम्पनीले हालसम्म ७५ शाखा कार्यालयहरु मार्फत ७६ हजारभन्दा बढि सदस्यहरुलाई लघुवित्तीय सेवा प्रदान गर्दै ४ अर्ब ४० करोड रुपैयाँभन्दा बढी लगानी गरेको छ ।
© 2026 All right reserved to arthanepal.com | Site By : Sobij