२०८३ असोज ५ सोमबार

Sep 21 2026 Monday

माछापुच्छ्रे बैंकको संस्थापक शेयर बिक्रीमा

माछापुच्छ्रे बैंकको संस्थापक शेयर बिक्रीमा

735
Shares

काठमाडौं – माछापुच्छ्रे बैंकको १ करोड १२ लाख भन्दा बढी कित्ता शेयर पुस २५ गते (आज) बाट बिक्रीमा राखिएको छ। संस्थापक शेयर धनी समेत रहेका सुरेन्द्र महतोको स्वामित्वमा रहेको १ करोड १२ लाख ३२ हजार ४९२ कित्ता संस्थापक शेयर बिक्रीमा राखिएको हो। यो शेयरमा विद्यमान संस्थापक शेयर धनीका साथै अन्य सर्वसाधारण व्यक्ति तथा संस्थाले खरिद आवेदन दिन सक्नेछन्।

बिक्रीमा राखिएको शेयरको न्यूनतम मूल्य प्रतिकित्ता ११५ रुपैयाँ तोकिएको छ। यसको अर्थ बोलपत्र पेस गर्दा न्यूनतम मूल्य वा सोभन्दा बढी बोलकबोल गर्नुपर्नेछ। लगानीकर्ताले न्यूनतम १० लाख कित्ताका लागि खरिद आवेदन दिनुपर्नेछ। अधिकतममा भने सम्पूर्ण कित्ताका लागि खरिद आवेदन पेस गर्न सकिनेछ।

शेयर खरिदका लागि बोलपत्र आउँदो माघ २ गतेसम्म पेस गर्न सकिनेछ। बोलपत्र काठमाडौँको सुनधारास्थित माछापुच्छ्रे क्यापिटलमा पेस गन्नुपर्ने बैंकले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस्
थप समाचार

© 2026 All right reserved to arthanepal.com  | Site By : Sobij