२०८३ असोज ५ सोमबार

Sep 21 2026 Monday

दूरसञ्चार प्राधिकरणको कार्यवाहक अध्यक्षमा नवराज अधिकारी

दूरसञ्चार प्राधिकरणको कार्यवाहक अध्यक्षमा नवराज अधिकारी

980
Shares

काठमाडौं – नेपाल दूरसञ्चार प्राधिकरणको कार्यवाहक अध्यक्षमा सदस्य नवराज अधिकारी तोकिएका छन् । मंगलबार बसेको मन्त्रिपरिषद्को बैठकको निर्णय सुनाउँदै सञ्चार तथा सूचना प्रविधिमन्त्री एवं सरकारकी प्रवक्ता रेखा शर्माले यस्तो जानकारी दिएकी हुन् । बैठकले मंगलबार राजीनामा बुझाएका प्राधिकरणका अध्यक्ष पुरुषोत्तम खनालको राजीनामा स्वीकृत गरेको छ ।

खनालको राजीनामापछि रिक्त अध्यक्ष पदमा दूरसञ्चार नियमावलीको नियम ३ ‘क’ बमोजिम प्राधिकरणका सदस्य नवराज अधिकारीलाई अर्को व्यवस्था नभएसम्मका लागि कार्यवाहक अध्यक्ष तोकिएको हो ।

नियुक्तिको लागि सिफारिस गर्न मन्त्रालयका सचिवको संयोजकत्वमा समिति गठन गर्ने निर्णय मन्त्रिपरिषद्ले गरेको छ ।

प्रतिक्रिया दिनुहोस्
थप समाचार

© 2026 All right reserved to arthanepal.com  | Site By : Sobij