काठमाडौं -अन्तर्राष्ट्रिय उडान गर्ने निजी क्षेत्रको वायुसेवा कम्पनी हिमालयन एयरलाइन्स इन्टरनेसनल एयर ट्रान्सपोर्ट एसोसिएसन (आयटा)को अपरेसनल सेफ्टी अडिट प्रोग्राम (आईओएसए)मा दर्ता भएको छ ।
हिमालयन एयरलाइन्स आईओएसमा दर्ता हुने पहिलो नेपाली वायुसेवा बन्न पुगेको छ । नेपालको उड्डयन क्षेत्रको सुरक्षा मापदण्ड सुदृढीकरण गर्न सकेको यो वायुसेवाले २८ डिसेम्बर २०२३ मा आईओएसमा दर्ता भएको छ । यसमो मान्य अवधि ३ मार्च २०२५ सम्म रहेको पनि हिमालयन एयरलाइन्सले जारी गरेको एक विज्ञप्तिमा उल्लेख छ ।
हिमालयन एयरलाइन्सका लागि आईओएसए प्रमाणीकरणले यात्रुहरूलाई सुरक्षित र भरपर्दो यात्राको अनुभुति प्रदान गर्ने दाबी सम्बन्धित वायुसेवाको जनाएको छ ।यो प्रणपत्र पाउनुमा हिमालय एयरलाइन्सले हवाई उडान सुरक्षा मापदण्ड र उत्तम अभ्यासहरू पालना गरेको पुष्टि गरेको पनि हिमालयनले जारी गरेको विज्ञप्तिमा भनिएको छ ।
हिमालय एयरलाइन्स नेपाल–चीन संयुक्त लगानीमा रहेको निजी क्षेत्रको हवाई कम्पनी हो । सन् २०१४ मा स्थापना भएको हिमालय एयरलाइन्सले हाल चार थान विमान तीन एयरबस ३२०–२१४ र एक एयरबस ३१९–१४४ मार्फत मध्यपूर्व र दक्षिण एशियाका प्रमुख राष्ट्रहरू संयुक्त अरब इमिरेट्स, मलेसिया, कतार, साउदी अरेबिया, कुवेत, बङ्गलादेश र चीनका पाँच सहरहरु बेइजिङ, छिङदाओ, सांघाई, चोङकिङ र ल्हासामा उडान गर्दै आएको छ ।
© 2026 All right reserved to arthanepal.com | Site By : Sobij