२०८३ असोज ५ सोमबार

Sep 21 2026 Monday

सुनको मुल्य घट्यो, कतिमा हुँदैछ कारोवार ?

सुनको मुल्य घट्यो, कतिमा हुँदैछ कारोवार ?

850
Shares

काठमाडौं- आज पनि सुनको मूल्य तोलामा २०० रुपैयाँले घटेको छ । नेपाल सुनचाँदी व्यवसायी महासङ्घका अनुसार आज तोलामा २०० रुपैयाँले घटेको हो । हिजो सुनको मूल्य तोलामा ७०० रुपैयाँले घटेको थियो ।

यससँगै, आज छापावाल सुनको मूल्य तोलामा १ लाख १८ हजार ६०० रुपैयाँ र तेजाबी सुनको मूल्य तोलामा १ लाख १८ हजार ५० रुपैयाँ छ । हिजो छापावाल सुनको मूल्य तोलामा १ लाख १८ हजार ८०० रुपैयाँ र तेजाबी सुनको मूल्य तोलामा १ लाख १८ हजार २५० रुपैयाँ कायम थियो ।

यस्तै, आज चाँदीको मूल्य भने स्थिर कायम भएको छ । महासङ्घका अनुसार आज चाँदीको मूल्य तोलामा १४ सय १५ रुपैयाँ छ । हिजो पनि यही मूल्यमा कारोबार भएको थियो ।

प्रतिक्रिया दिनुहोस्
थप समाचार

© 2026 All right reserved to arthanepal.com  | Site By : Sobij