२०८३ असोज ५ सोमबार

Sep 21 2026 Monday

नेपाल पुनर्बीमा कम्पनीको १५ लाख कित्ता शेयर बिक्रीमा

नेपाल पुनर्बीमा कम्पनीको १५ लाख कित्ता शेयर बिक्रीमा

965
Shares

काठमाडौं –  नेपाल पुनर्बीमा कम्पनी लिमिटेड नेपालमा विशाल ग्रुपको स्वामित्वमा रहेको १५ लाख कित्ता संस्थापक शेयर आज पुस २४ गतेबाट बिक्रीमा राखिएको छ। नेपाल पुनर्बीमा कम्पनीको दोस्रो ठूलो सेयरधनी हो, विशाल ग्रुप ।
विशाल ग्रुपको स्वामित्वमा रहेको शेयर प्रतिकित्ता न्यूनतम ३२५ रुपैयाँमा बिक्रीमा राखिएको छ। खरिदकर्ताले न्यूनतम मूल्य वा सोभन्दा बढी बोलकबोल गर्नुपर्नेछ।
यो शेयरमा हाललाई संस्थापक शेयरधनीहरुले मात्रै खरिद आवेदन दिन पाउनेछन्। इच्छुक संस्थापक शेयरधनीले न्यूनतम २ लाख कित्ता र अधिकतममा सम्पूर्ण कित्ताका लागि खरिद आवेदन दिन सक्नेछन्।

शेयर खरिदका लागि धितोपत्र बिक्री प्रबन्धक एनआईसी एसिया क्यापिटलको काठमाडौंको थपाथलस्थित ट्रेड टावरमा रहेको कार्यालयमा पेस गर्न सकिनेछ। बोलपत्र पेस गर्ने अन्तिम मिति माघ २९ गतेसम्म तोकिएको छ।

प्रतिक्रिया दिनुहोस्
थप समाचार

© 2026 All right reserved to arthanepal.com  | Site By : Sobij