काठमाडौं– माउन्टेन इनर्जी नेपाल लिमिटेडले गत आर्थिक वर्षको मुनाफाबाट शेयरधनीहरुलाई वितरण गर्ने बोनस शेयर घोषणा गरेको छ। कम्पनीले हाल कायम चुक्ता पूँजीको १५ प्रतिशत बोनस शेयर वितरण गर्ने घोषणा गरेको हो। पुस २२ गते बसेको कम्पनीको सञ्चालक समितिको बैठकले सो दरमा बोनस शेयर वितरण गर्ने निर्णय गरेको हो। त्यसका साथै बैठकले कर प्रयोजनार्थ ०.७८९५ प्रतिशत नगद लाभांश पनि वितरण गर्ने निर्णय गरेको छ।
विद्युत नियमन आयोगबाट स्वीकृत भई आगामी वार्षिक साधारण सभाले पारित गरेपश्चात सो बोनस शेयर वितरण गरिनेछ।
© 2026 All right reserved to arthanepal.com | Site By : Sobij