२०८३ असोज ५ सोमबार

Sep 21 2026 Monday

गुडविल फाइनान्सको साधारण सभा माघ १५ मा हुने

गुडविल फाइनान्सको साधारण सभा माघ १५ मा हुने

925
Shares

काठमाडौं – गुडविल फाइनान्स लिमिटेडको स्थगित बनेको साधारण सभा आगामी महिना माघ १५ गते तय भएको छ ।  कम्पनीले पुस २९ गते बोलाएको साधारण सभा विशेष कारणबस स्थगित भएको जनाएको थियो। सभा गुडविल कम्प्लेक्स हात्तिसार, काठमाडौंमा बिहान ११ बजे सुरु हुने फाइनान्सले एक सूचना मार्फत जनाएको छ ।

कम्पनीले यसअघि नै गत आर्थिक वर्ष २०७९–८० को नाफाबाट कुनै पनि लाभांश वितरण नगर्ने जनाइसकेको छ ।फाइनान्सले पुस १८ गते बुक क्लोज गरिसकेको छ । तसर्थ, पुस १७ गतेसम्म कायम रहेका सेयरधनीले सभामा भाग लिन सक्नेछन् ।

प्रतिक्रिया दिनुहोस्
थप समाचार

© 2026 All right reserved to arthanepal.com  | Site By : Sobij