काठमाडौं- नेप्से परिसूचक आज २६.३६ अंकले घटेर २०२२.९२ को विन्दुको झरेको छ। घटेको बजारमा आज करिब सवा ५ अर्ब रुपैयाँबराबरको कारोबार भएको छ। आज ८१ वटा कम्पनीको शेयरभाउ बढ्दा १५९ वटा कम्पनीको शेयरभाउ घटेको छ भने ६ वटाको स्थिर रहेको छ।
यी हुन् आज उच्च कारोबार भएका १० कम्पनीमा सोनापुर मिनरल्सः २८ करोड रुपैयाँ, हाथेव इन्भेस्टमेन्टः १९ करोड ९४ लाख रुपैयाँ, माउन्टेन इनर्जीः १५ करोड ९० लाख रुपैयाँ, एनआरएन इन्फ्रास्ट्रक्चरः १५ करोड ६८ लाख रुपैयाँ, सिनर्जी पावरः ११ करोड ९२ लाख रुपैयाँ, शिवम सिमेन्टः ११ करोड ४२ लाख रुपैयाँ, अरुण भ्याली हाइड्रोपावरः १० करोड ५२ लाख रुपैयाँ, युनाइटेड इदी मर्दीः ९ करोड ६२ लाख रुपैयाँ, सानिमा मिडिल तमोर हाइड्रोपावरः ९ करोड १४ लाख रुपैयाँ, सगरमाथा जलविद्युतः ८ करोड ९५ लाख रुपैयाँ रहेका छन् ।
© 2026 All right reserved to arthanepal.com | Site By : Sobij