२०८३ असोज ५ सोमबार

Sep 21 2026 Monday

करण चौधरीको नेतृत्वमा नाडाको नयाँ नेतृत्व घोषणा

करण चौधरीको नेतृत्वमा नाडाको नयाँ नेतृत्व घोषणा

840
Shares

काठमाडौँ -नाडा अटोमोबाइल्स एसोसिएसन अफ नेपालको ४७ ओं वार्षिक साधारण सभाले नयाँ नेतृत्व सर्वसम्मत चयन गरेको हो ।

अध्यक्ष करण चौधरीसहित १७ जना केन्द्रीय समिति सदस्यमा राजनबाबु श्रेष्ठ, सुरेन्द्र कुमार उप्रेती, निराकार श्रेष्ठ, आकाश गोल्छा, सुनिल रिजाल, मिलनबाबु मल्ल सर्वसम्मत चयन भएका छन् ।

यसैगरी, दीपेन्द्र कुमार मिश्रा, पंकज अग्रवाल, कपिल शिवाकोटी, विक्रम सिंघानिया, नवराज भुसाल, प्रदीपमान प्रधान, सञ्‍जयकुमारखेतान, सौरभ थापा, ऋद्धि कार्की, यमुना श्रेष्ठ, प्रकाश कपुरी सर्वसम्मत भएका छन् ।

नाडाको संस्थागत तर्फबाट मोरङ अटोमोबाइल्स डिलर्स एसोसिएसनका संजयकुमार श्रेष्ठ, जानकी अटोमोबाइल्स एसोसिएसन अफनेपालको तर्फबाट तेजनारायण साह, चितवन अटोमोबाइल्स एसोसिएसनको तर्फबाट कुलबहादुर क्षेत्री, पश्‍चिमाञ्‍चल अटोमोबाइल्सडिलर्स एसोसिएसन तर्फबाट कृष्णप्रसाद श्रेष्ठ चयन भएका छन्। त्यस्तै लुम्बिनी अटोमोबाइल्स एसोसिएसन अफ नेपालको तर्फबाट गणेश प्रसाद भट्टराई, कर्णाली अटोमोबाइल्स डिलर्सएसोसिएसनको तर्फबाट भद्र भण्डारी र सुदूरपश्‍चिम अटोमोबाइल्स डिलर्स एसोसिएउसनको तर्फबाट पुष्कर राज ओझा निर्विरोधनिर्वाचित भएका छन्।

निर्वाचित कार्यसमितिको पदावधि निर्वाचन मितिले २ वर्षको हुनेछ । निर्वाचित सदस्यहरुबाट कार्यसमितिको पदाधिकारी तय गर्ने नाडाको विधानत: व्यवस्था रहेको छ ।

प्रतिक्रिया दिनुहोस्
थप समाचार

© 2026 All right reserved to arthanepal.com  | Site By : Sobij