काठमाडौं – साताको अन्तिम कारोबार दिन नेप्से परिसूचक घटेर बन्द भएको छ। अघिल्लो कारोबार दिन बढेको नेप्से, यस दिन अन्तिम समयमा बिक्रीचाप बढ्न थालेपछि घटेर बन्द भएको हो।
बिहीबार नेप्से परिसूचक ८.७१ अंक घटेर २०४९.२८ विन्दुमा झरेको छ। त्यसैगरी, यस दिन सेन्सेटिभ इण्डेक्स ५.१२ अंक घटेको छ भने फ्लोट इण्डेक्स ०.४२ अंक र सेन्सेटिभ फ्लोट इण्डेक्स ०.८१ अंक घटेको छ।
नेप्से घटेपनि यस दिन कारोबार रकम भने बढेको छ। अघिल्लो कारोबार दिन ४ अर्ब रुपैयाँ बराबरको शेयर खरिदबिक्री भएको बजारमा यस दिन ३०३ स्टकको १ लाख ८ हजार ४०३ पटकको कारोबारमा ५ अर्ब ५८ करोड रुपैयाँ बराबरको १ करोड ६० लाख ५२ हजार कित्ता शेयर खरिदबिक्री भएको छ।
© 2026 All right reserved to arthanepal.com | Site By : Sobij