२०८३ असोज ५ सोमबार

Sep 21 2026 Monday

राष्ट्रिय वाणिज्य बैंकका नव नियुक्त अध्यक्ष दिलीपकुमार ढुङ्गानाले लिए सपथ

राष्ट्रिय वाणिज्य बैंकका नव नियुक्त अध्यक्ष दिलीपकुमार ढुङ्गानाले लिए सपथ

855
Shares

काठमाडौं– राष्ट्रिय वाणिज्य बैंक लि.सञ्चालक समितिका नवनियुक्त अध्यक्ष दिलीपकुमार ढुङ्गानाले नेपाल राष्ट्र बैंकका गभर्नर महाप्रसाद अधिकारी समक्ष सपथ लिएका छन् । ढुङ्गानाले बैंक तथा वित्तीय संस्था सम्बन्धी ऐन, २०७३ को दफा १२७ को उपदफा १ वमोजिम बिहीबार पद तथा गोपनीयताको शपथ लिएका हुन् ।
यसअघि बैंक सञ्चालक समितिको सोमबार बसेको बैठकले दिलीपकुमार ढुङ्गानालाई अध्यक्षमा सर्वसम्मत चयन गरेको हो । दिलीपकुमार ढुङ्गानाले व्यवस्थापनमा विषयमा स्नातकोत्तर उत्तीर्ण गरेका छन् ।
शपथ ग्रहण कार्यक्रममा नेपाल राष्ट्र बैंकका गभर्नर महाप्रसाद अधिकारीले बैंकको संस्थागत सुशासन तथा जोखिम व्यवस्थापनमा जोड दिई नेपाल सरकार तथा राष्ट्र बैंकको नीति निर्देशनलाई अंगिकार गर्दै ग्राहकमुखी व्यवसाय बृद्धिमा बैंक लाग्नुपर्ने बताए । बैंकका नवनियुक्त अध्यक्ष दिलीपकुमार ढुङ्गानाले बैंकिङ्ग क्षेत्रमा आफ्नो लामो अनुभवको भएको बताउँदै सदैव बैंकको हितमा काम गर्ने प्रतिबद्धता व्यक्त गरे ।

बैंकका प्रमुख कार्यकारी अधिकृत किरणकुमार श्रेष्ठले बैंकको वर्तमान अवस्थाका बारेमा जानकारी गराएका थिए। साथै बैंकले हालै जाजरकोट केन्द्रबिन्दु भई भूकम्प प्रभावित क्षेत्रमा राष्ट्र बैंकले आवास कर्जा लगानी गर्दा आधार दरमा दुई प्रतिशत प्रिमियम जोडी लिन सक्ने भनेता पनि यस बैंककले एक प्रतिशत मात्र प्रिमियम लिई आवास कर्जा लगानी गरी समाज प्रति उत्तरदायीपूर्ण कार्य गरिरहेको बताए ।

शपथ ग्रहण कार्यक्रममा नेपाल राष्ट्र बैंकका डेपुटी गभर्नर डा.निलम तिम्सिना ढुङ्गाना, राष्ट्र बैकका उच्च पदाधिकारीहरु र राष्ट्रिय वाणिज्य बैंकका सञ्चालकहरु, प्रमुख कार्यकारी अधिकृत, नायब प्रमुख कार्यकारी अधिकृतहरु, कम्पनी सचिव लगायतको उपस्थिति रहेको थियो ।

प्रतिक्रिया दिनुहोस्
थप समाचार

© 2026 All right reserved to arthanepal.com  | Site By : Sobij