२०८३ असोज ५ सोमबार

Sep 21 2026 Monday

मुक्तिनाथ विकास बैंकका ग्राहकलाई ५ हजारसम्म हातपर्ने योजना सार्वजनिक

मुक्तिनाथ विकास बैंकका ग्राहकलाई ५ हजारसम्म हातपर्ने योजना सार्वजनिक

870
Shares

काठमाडौँ – मुक्तिनाथ विकास बैंक लिमिटेडले वार्षिकोत्सवको अबसरमा आफ्नो ग्राहकहरुलाई डिजिटल भुक्तानीमा प्रोत्साहन गर्न विभिन्न योजना सार्वजनिक गरेको छ । पहिलो योजना अनुसार बैंकले टपअप मा टपअप धमाका सार्वजनिक गरेको हो ।

यस योजनामा बैंकको मोवाईल बैंकिङ्ग मार्फत २०० वा सो भन्दा बढीको टपअप कारोवार गर्दा दैनिक १८ जना ग्राहकले लक्की–ड्र मार्फत २०० को टपअप प्राप्त गर्नेछन् । यो योजना पुष १९ गते देखि २५ गते सम्मका लागि रहनेछ ।

दोश्रो योजना अनुसार बिजुली र ईन्टरनेटको बिल भुक्तानी गर्ने ग्राहकलाई लक्षित गरेर अर्को योजना सार्वजनिक गरेको छ । यस योजनामा बैंकको मोवाईल बैंकिङ्ग मार्फत हाल सम्म बिजुली र ईन्टरनेटको बिल भुक्तानी नगरेका ग्राहकहरुले पहिलो पटक बिल भुक्तानी गरेमा नयाँ कारोवार गर्ने ग्राहकले भुक्तानी रकमको ५ प्रतिशत वा अधिकतम ५० रुपैयाँसम्म प्राप्त गर्न सक्नेछन् भने पहिले देखि बिल भुक्तानी गरिरहेका ग्राहकहरुले यस अवधिमा पुनः भुक्तानी गरेमा त्यस ग्राहक मध्ये बिजुलीको बिल अन्तर्गत १ जना र ईन्टरनेट विल अन्तर्गत १ जना ग्राहकले लक्की–ड्र मार्फत ५ महिना सम्मको बिल भुक्तानी वा अधिकतम ५ हजार रुपैयाँसम्म प्राप्त गर्न सक्नेछन । यो योजना पुष १९ गते देखि माघ १९ गते सम्मका लागि हुनेछ ।

तेश्रो योजना अनुसार बैंकको क्यूआर मर्चेन्ट भई कुनै पनि कारोवार क्यूआर मार्फत प्राप्त नगरेको मर्चेन्टहरुले यस अवधिमा एक पटक वा पटक पटक गरी ५०० रुपैयाँसम्मको कारोवार रकम क्यूआर मार्फत प्राप्त गरेमा वा लिएमा त्यस ग्राहक मध्ये ५ जना ग्राहकले लक्की–ड्र मार्फत स्माटै वाच प्राप्त गर्नेछन् । यो योजना पुष १९ गते देखि माघ १९ गते सम्मका लागि हुनेछ ।

प्रतिक्रिया दिनुहोस्
थप समाचार

© 2026 All right reserved to arthanepal.com  | Site By : Sobij