२०८३ असोज ५ सोमबार

Sep 21 2026 Monday

आइएमईद्वारा सातै प्रदेशमा रेमिट्यान्स साक्षरता कार्यक्रम सम्पन्न

आइएमईद्वारा सातै प्रदेशमा रेमिट्यान्स साक्षरता कार्यक्रम सम्पन्न

930
Shares

काठमाडौं – नेपालको नेतृत्वदायी रेमिट्यान्स सेवा प्रदायक कम्पनी आइएमईले सातै प्रदेशमा रेमिट्यान्स साक्षरता सम्बन्धि कार्यक्रम सम्पन्न गरेको छ । गत मंसिर २०८० बाट सातै प्रदेशमा संचालन गरिएको उक्त कार्यक्रममा प्रत्येक प्रदेश अन्तर्गतका व्यवसायिक साझेदारहरुको उत्साहपूर्वक उपस्थित रहेको थियो ।

उक्त साक्षरता सम्बन्धि कार्यक्रममा सुरक्षित माध्यमबाट रेमिट्यान्स र यसको प्रयोग बिषयमा केन्द्रित रहेर रेमिट्यान्स मार्फत प्राप्त भएको रकम सुरक्षित रूपमा कसरि हस्तान्तरण गर्ने , रेमिट्यान्स गरि रकम पठाउने तथा प्राप्त गर्ने ग्राहकले बिशेषगरि के कुरामा ध्यान पुराउने तथा रेमिट्यान्सको डिजिटल प्रगोग सम्बन्धि बिषयमा रहेर प्रशिक्षण सम्पन्न गरिएको हो ।

आफ्नो स्थापनादेखि नै रेमिट्यान्स सेवालाई प्रत्येक नेपालीको पहुँचसम्म पुर्याउन प्रतिबद्ध आइएमईले वैदेशिक रोजगारमा रहेका श्रमिक तथा विदेशमा स्वरोजगारमा रहेका सेवाग्राहीहरु तथा स्वदेशमै दुख गरि कमाएको रकमको सुरक्षाको उद्देश्यका साथ सो कार्यक्रम सम्पन्न गरिएको हो ।

प्रतिक्रिया दिनुहोस्
थप समाचार

© 2026 All right reserved to arthanepal.com  | Site By : Sobij