२०८३ असोज ५ सोमबार

Sep 21 2026 Monday

यी हुन् एसबिआई बैंकको ३ ठूला सेयरधनी

यी हुन् एसबिआई बैंकको ३ ठूला सेयरधनी

1.6K
Shares

काठमाडौं – नेपाल एसबिआई बैंकमा विभिन्न ३ कम्पनीको सबैभन्दा धेरै सेयर स्वामित्व रहेको छ । वार्षिक प्रतिवेदन अनुसार बैंकमा ३ कम्पनीको सबैभन्दा धेरै सेयर स्वामित्व रहेको छ ।

बैंकका अनुसार स्टेट बैंक अफ इण्डिया (एसबिआई)को ५५ प्रतिशत अर्थात् ५ अर्ब ५६ करोड ६३ लाख ४५ हजार ७२९ रुपैयाँ लगानी नेपाल एसबिआईमा छ । यस्तै, सबैभन्दा धेरै ठूलो सेयरधनीहरूमध्ये कर्मचारी संचय कोषको १५ प्रतिशत अर्थात् १ अर्ब ५१ करोड ८० लाख ९४ हजार ३४० रुपैयाँ सेयर स्वामित्व छ ।

बैंकको चुक्ता पुँजी १० अर्ब १२ करोड ६ लाख २८ हजार रुपैयाँ छ । जसमध्ये सर्वसाधारण सेयरधनीहरूको ३० प्रतिशत अर्थात् ३ अर्ब ३ करोड ६१ लाख ८८ हजार ६१२ रुपैयाँ सेयर लगानी बैंकमा छ । बैंकको सञ्चालक समेत रहेकी अप्सरा उप्रेतीको ५ हजार ४६१ कित्ता सेयर रहेको तथ्याङ्क छ । यस्तै, बैंकको व्यवस्थापकहरू सहायक महाप्रबन्धक विष्णुदेव यादवको २ कित्ता र अर्जुन नेपालको ६ हजार ४८३ कित्ता सेयर लगानी छ । साथै, कम्पनी सचिव श्रीधर अधिकारीको २ हजार ३४९ कित्ता सेयर रहेको बैंकले जनाएको छ । हिमालयन लाइफ इन्स्योरेन्सको ०.५१७२ प्रतिशत सेयर छ ।
सन् २०२३ जुलाई १६ तारिखसम्मको तथ्याङ्क अनुसार बैंकका सबैभन्दा ठूला १० सेयरधनीहरू स्टेट बैंक अफ इण्डिया, कर्मचारी संचय कोष, हिमालयन लाइफ इन्स्योरेन्स, बालकृष्ण श्रेष्ठ, राजेन्द्र कुमार खेतान, प्रभु सेलेक्ट फण्ड, रोजन कर्मचार्य, नेपाल लाइफ इन्स्योरेन्स, अमिर श्रेष्ठ र कृष्ण गोपाल श्रेष्ठ हुन् ।

प्रतिक्रिया दिनुहोस्
थप समाचार

© 2026 All right reserved to arthanepal.com  | Site By : Sobij