२०८३ असोज ५ सोमबार

Sep 21 2026 Monday

विद्युत प्राधिकरणको सञ्चालकमा रतनबहादुर ऐर नियुक्त

विद्युत प्राधिकरणको सञ्चालकमा रतनबहादुर ऐर नियुक्त

830
Shares

काठमाडौं – वरिष्ठ इञ्जिनियर रतनबहादुर ऐर नेपाल विद्युत् प्राधिकरणको सञ्चालक समितिको सदस्यमा नियुक्त भएका छन् । ऊर्जा, जलस्रोत तथा सिंचाई मन्त्री शक्तिबहादुर बस्नेतको मन्त्रीस्तरीय निर्णयबाट उनलाई सोमबार नियुक्ति गरिएको हो । ऐरले सिभिल इन्जिनियरिङमा स्नातकोत्तर अध्ययन गरेका छन्। उनीसँग प्राधिकरणमा इन्जिनियरको रूपमा २९ वर्षभन्दा बढी काम गरेको अनुभव छ। नेपाल विद्युत प्राधिकरणले सोमबारकै सञ्चालक समितिको बैठकमा उनलाई सहभागी गराएको छ ।

सोमबार बसेको प्राधिकरणको सञ्चालक समितिको बैठकले लोडसेडिङको समयमा डेडिकेटेड फिडर र ट्रंक लाइनबाट विद्युत सेवा लिएका उद्योगहरुलाई सो वापतको प्रिमियर शुल्कको बक्यौता भुक्तानी अधिकतम् ६० किस्तामा गर्न सकिने निर्णय गरेको थियो ।

प्रतिक्रिया दिनुहोस्
थप समाचार

© 2026 All right reserved to arthanepal.com  | Site By : Sobij