२०८३ असोज ५ सोमबार

Sep 21 2026 Monday

नेप्से परिसूचक ३०.०५ अंकले घट्यो

नेप्से परिसूचक ३०.०५ अंकले घट्यो

630
Shares

काठमाडौं- आज षुस १७ गते मंगलबार साताको तेस्रो दिन तथा कारोबारको दोस्रो दिन निरन्तर घट्दोक्रममा रहेको नेप्से तेस्रो दिन समेत ओरालो लागेको छ । मंगलबार नेप्से परिसूचक ३०.०५ अंक घटेर २०३०.१० विन्दुमा झरेको छ। त्यसैगरी, यस दिन सेन्सेटिभ इण्डेक्स ४.५४ अंक घटेको छ भने फ्लोट इण्डेक्स २.१८ अंक र सेन्सेटिभ फ्लोट इण्डेक्स १.५७ अंक घटेको छ।
नेप्सेसँगै यस दिन कारोबार रकम पनि घटेको छ। अघिल्लो कारोबार दिन करिब साढे ४ अर्बको शेयर कारोबार भएको बजारमा यस दिन ३०५ स्टकको ८५ हजार ४३५ पटकको कारोबारमा ४ अर्ब ४ करोड ४६ लाख ५९ हजार रुपैयाँ बराबरको १ करोड ११ लाख ८५ हजार कित्ता शेयर खरिदबिक्री भएको छ।

आज ३७ कम्पनीको मुल्य बढेको छ भने २०५ कम्पनीको शेयर मुल्य घटेको छ ।

प्रतिक्रिया दिनुहोस्
थप समाचार

© 2026 All right reserved to arthanepal.com  | Site By : Sobij