काठमाडौं – कामना सेवा विकास बैंकले १७औं वार्षिक साधारणसभा सम्पन्न भएको छ । साधारणसभा लिसारा रिसेप्सन भगवती बाहाल काठमाडौंमा सम्पन्न भएको हो । सभाले वार्षिक प्रतिवेदन छलफल गरी पारित गरेको छ । लेखापरीक्षकको प्रतिवेदन सहितको आर्थिक वर्ष २०७९/ ८० को वित्तीय विवरण, असार मसान्तसम्मको वासलात, हिसाव, नगद प्रवाह लगायतका वित्तीय विवरणमाथि छलफल गरी पारित गरेको छ ।
सभाले लेखापरीक्षकको नियुक्ती र निजको पारीश्रमिक निर्धारण गर्ने प्रस्ताव पारित गरेको छ । बैंकको प्रबन्धपत्र तथा नियमावलीको संशोधनका सम्बन्धमा नियमनकारी निकायबाट कुनै थपघट, परिमार्जन वा संशोधन निर्देशन प्राप्त भएमा सोही बमोजिम गर्नका लागि संचालक समितिले तोको व्यक्तिलाई अख्तियारी प्रदान गर्ने प्रस्ताव पारित गरेको छ
सभाले इजजातपत्र प्राप्त अन्य उपयुक्त बैंक तथा वित्तीय संस्थासँग एकआपसमा मर्जर र प्राप्ती प्रयोजनका लागि उपयुक्त बैंक तथा वित्तीय संस्थाको पहिचान गर्ने, उपयुक्त देखिएमा सम्झौता पत्रमा हस्ताक्षर गर्ने,सैद्धान्तिक स्वीकृतिका लागि नेपाल राष्ट्र बैंकमा पठाउने सम्पत्ती दायित्वको मुल्याङकन गर्ने, सोका लागि लेखापरीक्षक नियुक्त गर्ने, नीजको पारीश्रमिक तोक्ने सो कार्यका लागि संचालक समितिलाई अख्तियारी दिने लगायतका प्रस्ताव पारित गरेको छ ।
© 2026 All right reserved to arthanepal.com | Site By : Sobij