२०८३ असोज ५ सोमबार

Sep 21 2026 Monday

आज ४ कम्पनीको लाभांश सुरक्षित गर्ने अन्तिम दिन

आज ४ कम्पनीको लाभांश सुरक्षित गर्ने अन्तिम दिन

1.8K
Shares

काठमाडौं- आज पुस १७ गते मंगलबार ४ कम्पनीको लाभांश सुरक्षित गर्ने अन्तिम दिन हो । यस दिन जीवन विकास लघुवित्त, कालिका पावर, युनिभर्सल पावर र एचआइडीसीएलको लाभांश सुरक्षित गर्ने आज अन्तिम दिन हो । यी ४ वटै कम्पनीले बुधबार पुस १८ गते बुक क्लोज गर्दैछन् ।

यस अनुसार आजसम्म नेप्सेमा कारोबार भइ कायम शेयरधनीहरुले यी कम्पनीहरुको साधारण सभामा सहभागिता जनाउन तथा यी कम्पनीहरुले वितरण गर्ने लाभांश प्राप्त गर्न सक्नेछन्।

जीवन विकास लघुवित्तले १४ प्रतिशतका दरले बोनस शेयर र सोको कर प्रयोजनार्थ ०.७३६९ प्रतिशत नगद लाभांश वितरण गर्ने विशेष प्रस्ताव पारित गर्न पुस २९ गते, आइतबार, आफ्नो केन्द्रिय कार्यालय, कटहरी, मोरङ्गमा पाँचौ वार्षिक साधारण सभा बोलाएको छ।

त्यसैगरी, युनिभर्सल पावर कम्पनी लिमिटेडले गत वर्षको नाफाबाट ८.५५ प्रतिशत बोनस सेयर र कर तिर्न ०.४५ प्रतिशत नगद लाभांश गरी कुल ९ प्रतिशत लाभांश घोषणा गरेको छ । उक्त लाभांश पारित गर्न पुस २९ गते वार्षिक साधारण सभा बोलाएको छ ।

कालिका पावरले पुस २८ शनिबार, दियालो फुडल्याण्ड चितवन प्रा.लि., भरतपुरमा साधारण सभा बोलाएको छ। सो सभा बिहान ११ बजे शुरु हुनेछ। सभाले हाल कायम चुक्ता पूँजीको १० प्रतिशतका दरले बोनस शेयर र सोको कर प्रयोजनार्थ ०.५२६३ प्रतिशतका दरले नगद लाभांश वितरण गर्ने विशेष प्रस्ताव पारित गर्नेछ।

त्यस्तै एचआइडीसीएलले गत वर्षको नाफाबाट सेयरधनीलाई करसहित ५.२६३ प्रतिशत नगद लाभांश वितरण गर्दैछ । उक्त प्रस्ताव पारित गर्न यसले पुस २९ गते साधारण सभा बोलाएको छ ।

प्रतिक्रिया दिनुहोस्
थप समाचार

© 2026 All right reserved to arthanepal.com  | Site By : Sobij