२०८३ असोज ५ सोमबार

Sep 21 2026 Monday

दोल्ती पावर कम्पनीले साधारण सभा माघ ५ गते गर्ने

दोल्ती पावर कम्पनीले साधारण सभा माघ ५ गते गर्ने

1K
Shares

काठमाडौं – दोल्ती पावर कम्पनी लिमिटेडले माघ ५ गते तेस्रो वार्षिक साधारण सभा गर्ने भएको छ । पुस १२ गते बसेको कम्पनीको सञ्चालक समितिको बैठकले काजिको किचेन पुरानो बानेश्वर, काठमाडौंमा विहान ९ बजे सभा गर्ने निर्णय गरेको हो ।

सभाले गत आर्थिक वर्ष ०७९/८० को वार्षिक प्रतिवेदन सहितका वित्तीय विवरणहरू पारित गर्नुका साथै चालू आर्थिक वर्षको लागि लेखापरिक्षक नियु्क्ती र निजको पारिश्रमिक निर्धारण गर्ने प्रस्ताव पारित गर्नेछ ।

सञ्चालक निर्वाचनको प्रस्ताव सभाले पारित गर्नेछ । साधारण सभा प्रयोजनका लागि कम्पनीले पुस २३ गते एक दिन बुक क्लोज गर्ने भएको छ । बुक क्लोजको आधारमा पुस २२ गतेसम्म कायम शेयरधनीहरू मात्र सभामा भाग लिन योग्य हुनेछन् । कम्पनीले यसवर्ष लाभांश प्रस्ताव भने गरेको छैन् ।

प्रतिक्रिया दिनुहोस्
थप समाचार

© 2026 All right reserved to arthanepal.com  | Site By : Sobij