काठमाडौं – राधी विद्युत कम्पनी लिमिटेडको लाभांश सुरक्षित गर्ने आज अन्तिम दिन रहेको छ। कम्पनीले साधारणसभा तथा लाभांश वितरण प्रयोजनका लागि बुक क्लोज गर्ने भएसँगै आजसम्म शेयर किन्नले कम्पनीले प्रस्ताव गरेको लाभांश पाउनेछन् । राधी विद्युत कम्पनीले पुस १५ गते बुकक्लोज गर्दैछ । राधी विद्युत कम्पनीले पुस २९ गते, आइतबार, आफ्नो कार्यालय, त्रिपुरेश्वर, काठमाडौँमा साधारण सभा गर्ने भएको छ । वेबिनारबाट उपस्थित हुन सकिने सो सभा बिहान ११ बजे शुरु हुनेछ। सभाले हाल कायम चुक्ता पूँजीको ४.७५ प्रतिशतका दरले बोनश शेयर र सोको कर प्रयोजनार्थ ०.२५ प्रतिशत नगद लाभांश वितरण गर्ने विशेष प्रस्ताव पारित गर्नेछ।
नेप्सेमा कारोबार भइ कायम शेयरधनीहरुले यी कम्पनीहरुको साधारण सभामा भाग लिन तथा यी कम्पनीहरुले वितरण गर्ने लाभांश प्राप्त गर्न सक्नेछन्।
© 2026 All right reserved to arthanepal.com | Site By : Sobij