२०८३ असोज ५ सोमबार

Sep 21 2026 Monday

कमेडी जनराको चलचित्र ‘खजुरे ब्रो’ धरानमा प्री प्रोडक्सन हुँदै

कमेडी जनराको चलचित्र ‘खजुरे ब्रो’ धरानमा प्री प्रोडक्सन हुँदै

600
Shares

काठमाडौँ- निर्देशक सुरज सुनुवारको निर्देशनमा बन्न लागेको चलचित्र ‘खजुरे ब्रो’ को यतिबेला धरानमा प्री प्रोडक्सनको कार्य धमाधम भई रहेको छ। दिब्य दृश्य इन्टरटेन्टमेन्टको ब्यानरमा बन्न लागेको चलचित्रको युनिट धरानमा लोकेसन हन्टिंग पनि गरि रहेको छ । कमेडी जनरामा बन्ने चलचित्रको लेखन पनि स्वयम् निर्देशक सुनुवारको रहेको छ। सुनुवारले ८ बर्ष अघि चलचित्र ‘षडङ्ग’को निर्देशन गरेका थिए।

नबीन मानन्धर र सुरज सुनुवारले निर्माण गर्ने चलचित्रका कार्यकारी निर्माता डायमण्ड उप्रेती हुन्। शिशिर बिसंखेले छायाँकन गर्ने चलचित्र माघ पहिलो साताबाट फ्लोरमा जानेछ। चलचित्रमा काम गर्ने कलाकारहरुको बारेमा निर्माण टिमले कुनै जानकारी गराएको छैन। निर्माण टिमले धरानका मेयर हर्क साम्पाङ्ग संग भेटेको छ। हर्कले ‘खजुरे ब्रो’ को कथा सुनेर मज्जाले हाँसेको कुरा कार्यकारी निर्माता डायमण्ड उप्रेतीले बताए। धरानमा छायाँकनको लागी आफ्नो सम्पूर्ण साथ रहने समेत मेयर हर्कले बताएका छन्।

अहिलेको दर्शकहरुको चाहना अनुसार पूर्ण मनोरंजन दिने उदेश्यका साथ चलचित्र निर्माण गर्न लागेको कलाकार तथा निर्माता नबीन मानन्धरले बताए। चलचित्रमा अनमोल गुरुङको संगीत रहनेछ। प्रकाश भुजेल युनिट प्रोडक्सन मेनेजर तथा प्रदीप भण्डारी लाइन प्रोडुसर रहेका छन्। हेम चन्द्र राई र सतिश राई स्थानीय को-अर्डिनेटर रहेका छन्। चलचित्रको छायांकन इटहरी,धरान,दार्जलिंग र काठमाडौँमा हुनेछ।

प्रतिक्रिया दिनुहोस्
थप समाचार

© 2026 All right reserved to arthanepal.com  | Site By : Sobij