काठमाडौँ – पूर्व प्रहरी नायव महानिरीक्षक (डीआईजी) महेशविक्रम शाह भ्रष्टाचार मुद्दामा दोषी ठहर भएका छन् । विशेष अदालतका अध्यक्ष टेकनारायण कुँवर, तेजनारायणसिंह राई र रितेन्द्र थापासहितको इजलासले बुधबार शाहसहित लेखापाल प्रहरी नायब निरीक्षक दिपेन्द्रप्रसाद पनेरुलाई दोषी ठहर गरेको हो । यसको सजाय निर्धारण भने पुस २५ गते गरिने अदालतले जनाएको छ ।
अख्तियार दुरुपयोग अनुसन्धान आयोगले महेशविक्रम शाह लगायत ४ जनाविरुद्ध आरोपपत्र दायर गरेको थियो । शाहमाथि मध्य क्षेत्रीय प्रहरी तालिम केन्द्र चितवन भरतपुर र मध्य क्षेत्रीय प्रहरी तालिम केन्द्र दुधौली (सिन्धुली) मा कार्यरत रहँदा आर्थिक अनियमितता गरेको आरोप लगाइएको थियो ।
© 2026 All right reserved to arthanepal.com | Site By : Sobij