काठमाडौं – कुमारी बैंकमा प्रुडेन्सियल क्यापटिल म्यानेजमेन्ट कम्पनीले आफ्नो स्वामित्वमा रहेको ५ लाख ४९ हजार ६२६ कित्ता संस्थापक सेयर बिक्रीमा ल्याएको छ ।
उक्त सेयरको न्यूनतम मूल्य १०० रुपैयाँ तोकिएको हुँदा आवेदन दिदा सो वा सो भन्दा बढी मूल्य अंकित गरी आवेदन पेश गर्ने सकिनेछ । लगानीकर्ताले न्यूनतम २५ हजार कित्तादेखि अधिकतम सबै कित्ताका लागि आवेदन दिन सकिनेछ ।
सेयर खरिदका लागि विद्यमान संस्थापकहरु वा जो कोही व्यक्ति, कम्पनी, संघ, संस्थाहरुले आवश्यक कागजात संकलन गरी पुष १९ गतेस बिक्री प्रबन्धक एनआइसी एसिया क्यापिटल, ट्रेड टावर थापाथली काठमाडौँमा आवेदन दिन सकिनेछ ।
© 2026 All right reserved to arthanepal.com | Site By : Sobij