२०८३ असोज ५ सोमबार

Sep 21 2026 Monday

उन्नति सहकार्य लघुवित्तको साधारण सभा पुष २९ गते

उन्नति सहकार्य लघुवित्तको साधारण सभा पुष २९ गते

720
Shares

काठमाडौँ – उन्नति सहकार्य लघुवित्त वित्तीय संस्था लिमिटेडले नवौं वार्षिक साधारण सभा पुष २९ गतेका लागि बोलाएको छ । सभा रूपन्देहीको भैरहवास्थित एशियन बुद्ध होटलमा बिहान १० बजे बस्ने गरी आव्हान गरेको हो । सभामा संचालक समितिको वार्षिक प्रतिवेदन माथि छलफल गरी पारित गर्नुका साथै आर्थिक वर्ष २०७९।०८० को लेखापरीक्षण सहितको वासलात, नाफा, नोक्सान हिसाब र नगद प्रवाह लगायतको वित्तीय विवरणहरु पारित गर्ने एजेण्डा रहेको छ । साथै, चालु आर्थिक वर्ष २०८०।०८१ का लागि लेखापरीक्षकको नियुक्ति र निजको पारिश्रमिक निर्धारण गर्ने प्रस्ताव समेत सभाको कार्य सूचीमा समावेश भएको छ । साधारण सभा प्रयोजनको लागि कम्पनीले पुस १७ गते बुक क्लोज गर्ने भएको छ ।

प्रतिक्रिया दिनुहोस्
थप समाचार

© 2026 All right reserved to arthanepal.com  | Site By : Sobij