२०८३ असोज ५ सोमबार

Sep 21 2026 Monday

गरिमा विकास बैंकले बोलायो पुस २९ मा साधारण सभा

गरिमा विकास बैंकले बोलायो पुस २९ मा साधारण सभा

840
Shares

काठमाडौं –  गरिमा विकास बैंक लिमिटेडले १७औं वार्षिक साधारण सभा पुस २९ गते आयोजना गरेको छ । पुस ६ गते बसेको बैंकको सञ्चालक समितिको बैठकले साधारण सभा होटल पोखरा ग्राण्ड बिरौटा पोखरा कास्कीमा बिहान ११ बजे शुरु हुने जानकारी दिएको हो । सभाले गत आवको वार्षिक प्रतिवेदन छलफल गरी पारित गर्नुका साथै चालू आवको लागि लेखापरिक्षकको नियुक्ती र निजको पारिश्रमिक निर्धारण गर्ने प्रस्ताव पारित गर्नेछ ।

त्यस्तै सभाले १० दशलमव ५० प्रतिशत बोनस शेयर र कर प्रयोजनको लागि शून्य दशमलव ५० प्रतिशत नगद लाभांश वितरण गर्ने प्रस्ताव पारित गर्नेछ ।

त्यस्तै सभाले यस बैंक र अन्य इजाजत प्राप्त बैंक तथा वित्तीय संस्थाहरु एक आपसमा गाभ्ने गाभिने तथा प्राप्ती गर्ने सम्बन्धमा उपयुक्त बैंक तथा वित्तीय संस्थाहरु खोज्ने लगायतका आवश्यक सम्पूर्ण कार्यहरु गर्नका लागि सञ्चालक समितिलाई अख्तियारी प्रदान गर्ने प्रस्ताव पारित गर्नेछ ।

साधारण सभा प्रयोजनको लागि कम्पनीले पुस १७ गते देखि २९ गते सम्म बुक क्लोज गर्ने जानकारी दिएको छ । यस बुक क्लोजको आधारमा पुस १६ गते सम्म कायम शेयरधनीले साधारण सभामा भाग लिन र लाभांश पाउनेछन् ।

प्रतिक्रिया दिनुहोस्
थप समाचार

© 2026 All right reserved to arthanepal.com  | Site By : Sobij