२०८३ असोज ५ सोमबार

Sep 21 2026 Monday

नेपाल वेयरहाउजिङ्ग कम्पनीको साधारणसभा आह्वान

नेपाल वेयरहाउजिङ्ग कम्पनीको साधारणसभा आह्वान

1.5K
Shares

काठमाडौं – नेपाल वेयरहाउजिङ्ग कम्पनी लिमिटेडले पुस २७ गते आफ्नो पाँचौवार्षिक साधारणसभा आह्वान गरेको हो । कम्पनीले उक्त सभा विहान ११ः३० बजे एपेक्स विजनेश होटल सिनामंगलमा हुने जनाएको छ । कम्पनीले लाभांश प्रस्ताव गरेको छैन ।

सभाले आर्थिक वर्ष २०७९/८० को सञ्चालक समितिको वार्षिक प्रतिवेदन उपर छलफल गरी पारित गर्ने, लेखापरीक्षकको प्रतिवेदन सहित २०८० अषाढ मसान्तको वासलात तथा सोहि मितिमा समाप्त भएको आर्थिक वर्ष २०७९/८० को नाफा नोक्सान हिसाव, नाफा नोक्सान वाँडफाँड तथा नगद प्रवाह विवरण लगायत सम्पूर्ण वित्तीय विवरणहरु पारित गर्ने प्रस्ताव पारित गर्नेछ । सभाले आर्थिक वर्ष २०८०/८१ को लागि लेखापरीक्षक नियुक्त गर्ने तथा निजको पारिश्रमिक निर्धारण गर्ने, कम्पनीको सञ्चालक समितिले स्वतन्त्र व्यावसायिक सञ्चालक पद एकमा नियुक्त गर्नका लागि मनोनयन गरेको व्यक्तिको नाम अनुमोदन गर्ने प्रस्ताव पारित गर्नेछ ।
कम्पनीले साधारणसभा प्रयोजनको लागि पुस १७ गते बुक क्लोज गर्ने निर्णय गरेको छ । पुस १६ गतेसम्म कायम शेयरधनीले मात्र साधारणसभामा भाग लिन सक्ने छन् ।

प्रतिक्रिया दिनुहोस्
थप समाचार

© 2026 All right reserved to arthanepal.com  | Site By : Sobij