२०८३ असोज ५ सोमबार

Sep 21 2026 Monday

सूर्योदय वोमी लघुवित्तको संस्थापक शेयर बिक्रीमा

सूर्योदय वोमी लघुवित्तको संस्थापक शेयर बिक्रीमा

645
Shares

काठमाडौं – सूर्योदय वोमी लघुवित्त वित्तीय संस्थाको ७५ हजार बढी कित्ता शेयर आज पुस ८ गतेबाट बिक्रीमा राखिएको छ। संस्थाको ७५ हजार ३०५ कित्ता संस्थापक शेयर बिक्रीमा राखिएको हो। यो शेयरमा विद्यमान संस्थापक शेयरधनीका साथ योग्य जोकोही व्यक्ति तथा संस्थाले खरिद आवेदन दिन सक्नेछन्।

बिक्रीमा राखिएको शेयरको न्यूनतम मूल्य प्रतिकित्ता २३० रुपैयाँ तोकिएको छ। यसको मतलब लगानीकर्ताले न्यूनतम मूल्य वा सोभन्दा बढी बोलकबोल गर्नुपर्नेछ।लगानीकर्ताले न्यूनतम १०० कित्ता र अधिकतममा सम्पूर्ण कित्ताका लागि खरिद आवेदन दिन सक्नेछन्। खरिद आवेदन पुस १६ गतेसम्म दिन सकिनेछ।

लगानीकर्ताले काठमाडौंको थापाथलीस्थित एआईसी एसिया क्यापिटलको कार्यालय तथा एनआईसी एसिया बैंकको थापाथलीस्थित कर्पोरेट कार्यालय र शाखाहरु विराटनगर, वीरगन्ज, पोखरा, बुटवल, धनगढी र वीरेन्द्रनगर (सुर्खेत)मा आवेदन पेस गर्न सक्नेछन्।

प्रतिक्रिया दिनुहोस्
थप समाचार

© 2026 All right reserved to arthanepal.com  | Site By : Sobij