२०८३ असोज ५ सोमबार

Sep 21 2026 Monday

पोखरा फाइनान्सले लाभांश नदिने

पोखरा फाइनान्सले लाभांश नदिने

920
Shares

काठमाडौं । पोखरा फाइनान्स लिमिटेडले यस वर्ष लाभांश नदिने भएको छ । संस्थाले आर्थिक वर्ष २०७९/८० को नाफाबाट लाभांश वितरण नगर्ने प्रस्ताव गरेसँगै सेयरधनीका हात खाली हुने भएको हो ।

पुस ५ गते बसेको संस्थाको सञ्चालक समितिको बैठकले गत वर्षको नाफाबाट बोनस र नगद लाभांश वितरण नगर्ने निर्णय गरेको हो ।
त्यस्तै, बैठकले २०८० असार मसान्तको वासलात, गत आवको नाफा नोक्सान लगायतका वित्तीय विवरण पारित गरेको छ । उक्त विवरण नेपाल राष्ट्र बैंकबाट स्वीकृति भएपछि साधारण सभाले पारित गर्ने छ ।

संस्थाले यसअघि आर्थिक वर्ष २०७८/७९ को नाफाबाट सेयरधनीलाई ४.२१ प्रतिशत लाभांश वितरण गरेको थियो ।

प्रतिक्रिया दिनुहोस्
थप समाचार

© 2026 All right reserved to arthanepal.com  | Site By : Sobij