२०८३ असोज ५ सोमबार

Sep 21 2026 Monday

नेपाल एयरलाइन्सकाे ५ जहाज लिलामीमा

नेपाल एयरलाइन्सकाे ५ जहाज लिलामीमा

1.2K
Shares

काठमाडौं- नेपाल वायुसेवा निगम (नेपाल एयरलाइन्स) ले ५ वटा जहाज बिक्रीमा राखेको छ। बिहीबार सूचना जारी गर्दै नेपाल एयरलाइन्सले ५ जहाज लिलामीमा राखेको हो ।
नेवानिले २ वटा एमए–६० र तीन वटा वाई–१२ ई जहाज बेच्न लागेको हो । त्यसका लागि आज गोप्य सिलबन्दी टेन्डर आह्वान भएको छ । निवेदन दिने म्याद ४ फेब्रुअरीसम्म अर्थात् आगामी २१ माघसम्म छ ।

यी चिनियाँ जहाज तीन वर्षदेखि त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा ग्राउण्डेड छन् । यी जहाज जे जस्तो अवस्थामा छन्, त्यस्तै अवस्थामा बेच्न लागिएको हो । जसले बढी मूल्य कबुल गर्छ, उसैले जहाज पाउने छ । साढे ४ अर्ब रुपैयाँ लागतमा खरिद गरिएका ४ जहाज र दुई अनुदानमा आएका गरी ६ वटा जहाज सञ्चालनबाट निगमले २०७१ सालयता वार्षिक औसतः ३८ करोड रुपैयाँ घाटा बेहोरेको छ ।

प्रतिक्रिया दिनुहोस्
थप समाचार

© 2026 All right reserved to arthanepal.com  | Site By : Sobij