काठमाडौं -सिक्लेस हाइड्रोपावरले लाभांश घोषणा गरेको छ। कम्पनी सञ्चालक समितिको बुधबार बसेको बैठकले शेयरधनीहरुलाई नगद लाभांश वितरण गर्ने निर्णय गरेको हो। जसअनुसार आर्थिक वर्ष २०७९/८० को सञ्चित मुनाफाबाट हाल कायम चुक्तापुँजीको कुल ६ प्रतिशतले हुन आउने ५ करोड १० लाख रुपैयाँ नगद लाभांश (करसहित) वितरण गर्ने निर्णय कम्पनीले गरेको छ।
प्रस्तावित लाभांश अनुमोदन गर्न कम्पनीले आफ्नो १९ औँ वार्षिक साधारणसभा पुस २७ गते आयोजना गर्ने निर्णय गरेको छ। सभा कास्कीको पोखरास्थित आभ्या क्लब घाटीपाटनमा बिहान ११ बजेबाट सुरु हुनेछ। सोही सभाले लाभांश अनुमोदन गरेपछि शेयरधनीहरुले पाउनेछन्।
सभाले उक्त आर्थिक वर्षको सञ्चालक समितिले तयार पारेको वार्षिक प्रतिवेदन र लेखापरीक्षकले तयार पारेको आर्थिक प्रतिवेदन पनि स्वीकृत गर्नेछ। लाभांश र सभा प्रयोजनका लागि कम्पनीले पुस १२ गते बुक क्लोज गर्ने निर्णय गरेको छ। यसको अर्थ पुस ११ गतेसम्म कायम शेयरधनीहरुले यो कम्पनीको लाभांश पाउन र सभामा भाग लिन योग्य हुनेछन्।
© 2026 All right reserved to arthanepal.com | Site By : Sobij