काठमाडौँ – सर्वोच्च अदालतमा ६ जना न्यायाधीश नियुक्त भएका छन् । संसदीय विशेष सुनुवाइ समितिबाट अनुमोदन भएसँगै बुधबार राष्ट्रपति रामचन्द्र पौडेलले उनीहरुलाई नियुक्त गरेका हुन् ।
नियुक्त हुनेहरुमा सारंगा सुवेदी, अब्दुल अजिज मुसलमान, महेश शर्मा पौडेल, टेक प्रसाद ढुंगाना, सुनील कुमार पोखरेल र बालकृष्ण ढकाल रहेका छन् ।
न्यायपरिषद्ले उनीहरुको नाम सिफारिस गरेपछि संसदीय सुनुवाइ भएकामा बुधबार नै अनुमोदन भएको थियो ।

© 2026 All right reserved to arthanepal.com | Site By : Sobij