२०८३ असोज ५ सोमबार

Sep 21 2026 Monday

बिल नभएको सुन जस्तो देखिने धातुसहित दुई जना पक्राउ

बिल नभएको सुन जस्तो देखिने धातुसहित दुई जना पक्राउ

645
Shares

दाङ– तुलसीपुर उपमहानगरपालिका(५ बिरेन्द्र चोकस्थित बजारबाट बिल कागजातहरु नभएको सुन जस्तो देखिने पहेलो धातु १ तोला २।५ लालसहित २ जनालाई मंगलबार दिउँसो प्रहरीले पक्राउ गरेको छ ।
पक्राउ पर्नेहरूमा सोही उपमहानगरपालिका(३ डाडाकुटी बस्ने २१ वर्षीय शेर बहादुर बिश्वकर्मा र १९ वर्षीय रुप लाल बिश्वकर्मा रहेका छन् । उक्त बजारमा केही व्यक्तिहरूले बिल कागजातहरु नभएका अवैध सुनका गरगहनाहरु बिक्री गरिरहेको सूचनाको आधारमा ईलाका प्रहरी कार्यालय तुलसीपुरबाट खटिएको प्रहरीले उनीहरूको साथबाट सुन जस्तो देखिने पहेलो धातुबाट बनेका हाईड्रोलकेट ६ थान, टिकटकमाला ८ थान, बेबी साईडहार ६ थान र औठी २४ थान गरी जम्मा उक्त तौलको धातु फेला पारी पक्राउ गरेको हो ।
उनीहरुलाई आवश्यक अनुसन्धान तथा कारवाहीको लागि राजश्व अनुसन्धान कार्यालय कोहलपुर बाँके पठाइएको छ ।

 

प्रतिक्रिया दिनुहोस्
थप समाचार

© 2026 All right reserved to arthanepal.com  | Site By : Sobij