२०८३ असोज ५ सोमबार

Sep 21 2026 Monday

चन्द्रागिरि हिल्सले यस वर्ष पनि लाभांश वितरण नगर्ने

चन्द्रागिरि हिल्सले यस वर्ष पनि लाभांश वितरण नगर्ने

1.7K
Shares

काठमाडौं– चन्द्रागिरि हिल्स लिमिटेडका शेयरधनीको यस वर्ष पनि हात खालि हुने भएको छ। कम्पनीले यस वर्ष पनि शेयरधनीलाई लाभांश वितरण नगर्ने जनाएको छ।
कम्पनीको पुस ३ गते बसेको सञ्चालक समितिको बैठकले विना लाभांश १४ औ वार्षिक साधारणसभा बोलाउने निर्णय गरेको हो। कम्पनीले पुस २४ गते चन्द्रागिरि हिल्सको कार्यालयमा सभा बोलाएको छ। सभामा लेखापरिक्षक नियुक्त गर्ने तथा गत आर्थिक वर्षको नाफा नोक्सान हिसाब सहितको लेखापरिक्षण प्रतिवेदन पारित गर्ने प्रस्ताव राखेको छ।

साधारणसभा प्रयोजनको लागि कम्पनीले पुस १३ गते बुकक्लोज गर्ने भएको छ। पुस १२ गतेसम्म कायम शेयरधनीले सभामा भाग लिन पाउने छन्।

प्रतिक्रिया दिनुहोस्
थप समाचार

© 2026 All right reserved to arthanepal.com  | Site By : Sobij