काठमाडौं– बिन्ध्यबासिनी हाइड्रोपावर डेभलपमेन्ट कम्पनी लिमिटेडले लाभांश प्रस्ताव सहित साधारण सभा बोलाएको छ। कम्पनीले पुस २६ गते सातौँ वार्षिक साधारण सभा बोलाएको हो।
सो सभा कम्पनीको कार्यालय परिसर, नयाँ बानेश्वरमा भौतिक तथा भर्चुअल माध्यमबाट बिहान १० बजे शुरु हुनेछ। सभाले हाल कायम चुक्ता पूँजीको ५.२६३२ प्रतिशतका दरले नगद लाभांश वितरण गर्ने विशेष प्रस्ताव पारित गर्नेछ। यसका साथै, सभाले लेखापरीक्षक नियुक्त गर्ने, गत आर्थिक वर्षको वित्तीय विवरण स्वीकृत गर्ने लगायतका प्रस्तावहरु पनि पारित गर्नेछ।
साधारण सभा प्रयोजनार्थ कम्पनीले पुस १७ गते, एक दिनका लागि बुकक्लोज गर्ने भएको छ। यस अनुसार पुस १६ गतेसम्म नेप्सेमा कारोबार भइ कायम शेयरधनीहरुले कम्पनीको साधारण सभामा सहभागिता जनाउन तथा कम्पनीले वितरण गर्ने लाभांश प्राप्त गर्न सक्नेछन्।
© 2026 All right reserved to arthanepal.com | Site By : Sobij