काठमाडौं – धरहरामा बस्यो माया जाल बोलको म्युजिक भिडियो सार्वजनिक भएको छ । कृष्ण काफ्ले र शान्तिश्री परियारको स्वर रहेको गीतमा शब्द रचना सपना बानियाँको रहेको छ भने संगीत र एरेन्ज सुन्दर लामाको रहेको छ ।
म्युजिक भिडियोमा राज टाइगर र शोफीको अभिनय छ । डान्सिङ शैलीको गीतको म्युजिक भिडियो निकै तामझामका साथ निर्माण गरिएको छ । आदित्य बुढाथोकीको निर्देशन केशव राज भट्टको कोरियोग्राफीमा मनकृष्ण महर्जनको छायांकन पदम सुवेदीको सम्पादन, मिलन विश्वकमाको कलर रहेको छ । भिडियो सदीक्षा फिल्मस्ले निर्माण गरेको हो ।
© 2026 All right reserved to arthanepal.com | Site By : Sobij