२०८३ असोज ५ सोमबार

Sep 21 2026 Monday

शैलेन्द्र ढकालको गजल ‘जब तिमी आयौ’ सार्वजनिक

शैलेन्द्र ढकालको गजल ‘जब तिमी आयौ’ सार्वजनिक

2K
Shares

काठमाडौँ – रचनाकार  शैलेन्द्र ढकालद्वारा रचित एक सुन्दर गजल ‘जब तिमी आयौ’ को म्युजिक  भिडियो सार्वजनिक गरिएको छ ।चर्चित गजल गायक राज सिग्देलको स्वर र शास्त्रीय संगीतका गुरु चण्डी प्रसाद काफ्लेको सुमधुर संगीत रहेको गजलमा देबेन्द्र नेवाको एरेन्ज रहेको छ। नायिका केकी अधिकारी र अभिनेता विमलेश अधिकारीको अभिनय रहेको यस गजलको भिडियोमा रचनाकार  शैलेन्द्र ढकालको आफ्नै जीवन भोगाइलाई समेटेर बनाइएको छ ,मुख्यतः एक जोडीको माता पिताबन्ने दौरानमा आएको  उतार चढाव, मानसिक भोगाई, दुःखदायी पल र संघर्ष, अनि सफल कथालाई जीवन्त चित्रण गरिएको छ। युवा निर्देशक अनुप चापागाईंद्वारा निर्देशित भिडियोमा बुद्ध थापाको सिनेमाटोग्राफी र विकास दाहालको सम्पादन रहेको छ।

प्रतिक्रिया दिनुहोस्
थप समाचार

© 2026 All right reserved to arthanepal.com  | Site By : Sobij