२०८३ असोज ५ सोमबार

Sep 21 2026 Monday

वन ओ वन कम्पनीले आईपीओ निष्कासन गर्ने

वन ओ वन कम्पनीले आईपीओ निष्कासन गर्ने

1.4K
Shares

काठमाडौं –  वन ओ वन कम्पनीले आईपीओ निष्कासन गर्ने प्रक्रिया अगाडि बढाएको छ । कम्पनीले आईपीओ निष्कासन गर्ने विशेष प्रस्ताव आगामी पुस २५ गते हुने १२ औं वार्षिक साधारण सभामा लैजाने तयारी गरेको हो ।

सभा काठमाडौंको सुकेधारास्थित नवदुर्गा पार्टी भेन्यूमा उक्त दिन अपराह्न १ बजेदेखि शुरु हुनेछ । साधारण सभामा सर्वसाधारणमा आईपीओ निष्कासन गर्ने तथा प्रवन्धपत्र र नियमावलीमा आवश्यक संशोधनका लागि छलफल हुने छ ।

त्यस्तै साधारण सभाले गत आर्थिक वर्ष २०७९/८० को वासलात, नाफा नोक्सान हिसाव, नगद प्रवाह विवरण सहितको लेखापरीक्षकको प्रतिवेदनमा छलफल गरी पारित गर्नेछ ।

यसैगरी, सोही सभाले बोनस शेयर जारी गर्ने, नगद लाभांश वितरण, लेखापरीक्षक नियुक्ति गर्ने प्रस्ताव पनि पारित गर्नेछ ।

प्रतिक्रिया दिनुहोस्
थप समाचार

© 2026 All right reserved to arthanepal.com  | Site By : Sobij