२०८३ असोज ५ सोमबार

Sep 21 2026 Monday

अछाममा जीप दुर्घटना हुँदा १३ जना घाइते

अछाममा जीप दुर्घटना हुँदा १३ जना घाइते

915
Shares

अछाम – अछाममा जीप दुर्घटना हुँदा १३ जना घाइते भएका छन् । मंगलसेन नगरपालिका–६, ठूलासैननजिकै मध्यपहाडी पुष्पलाल राजमार्गमा मंगलबार जीप दुर्घटना भएको हो ।

भे१च २५७६ नम्बरको जीप दुर्घटनामा परेको हो । घाइतेहरूको जिल्ला अस्पतालमा उपचार भइरहेको जिल्ला प्रहरी कार्यालयका प्रमुख प्रहरी नायब उपरीक्षक सन्तोष पाठकले बताए ।

बाजुराबाट सुर्खेततर्फ जाँदै गरेको जीप ओरालोमा ‘ब्रेक फेल’ भई सडकको किनारमा पल्टिएको थियो ।

प्रतिक्रिया दिनुहोस्
थप समाचार

© 2026 All right reserved to arthanepal.com  | Site By : Sobij