२०८३ असोज ५ सोमबार

Sep 21 2026 Monday

सगरमाथा जलविद्युतले पुस २५ गते डाक्यो वार्षिक साधारणसभा

सगरमाथा जलविद्युतले पुस २५ गते डाक्यो वार्षिक साधारणसभा

1.2K
Shares

काठमाडौं – सगरमाथा जलविद्युत कम्पनी लिमिटेडले तेस्रो वार्षिक साधारणसभा बोलाएको छ । सोमबार (पुस २ गते) बसेको  कम्पनी सञ्चालक समितिको  बैठकले वार्षिक साधारणसभा पुस २५ गते काठमाडौंको चन्डोलस्थित कुन्डलिनी दरबार ब्यांक्वेटमा दिउँसो १ बजेबाट आयोजना गर्ने निर्णय गरेको हो। सभाले चुक्तापुँजी १ अर्ब १२ करोड रुपैयाँको १ः१ अनुपातमा अर्थात १०० प्रतिशत हकप्रद शेयर जारी गर्ने विशेष प्रस्ताव पारित गर्नेछ।

सभाले कम्पनीको प्रबन्धपत्र र नियमावली संशोधन गर्ने विशेष प्रस्ताव अनुमोदन गर्नेछ। प्रस्तावित संशोधन तथा धितोपत्र दर्ता तथा निष्कासन सम्बन्धमा नियमनकारी निकायहरुबाट कुनै फेरबदल वा सुझाव वा निर्देशन प्राप्त भएमा सोलाई सम्बोधनका लागि आवश्यक संशोधन समायोजन गर्न सम्पूर्ण अख्तियारी सञ्चालक समितिलाई प्रदान गर्ने विशेष प्रस्ताव अनुमोदन गर्नेछ।

अन्य कम्पनीमा लगानी गर्ने विशेष प्रस्ताव पनि सभाले स्वीकृत गर्नेछ। सभाले सञ्चालक समितिमा सर्वसाधारण समूहबाट प्रतिनिधित्व गर्ने २ जना सञ्चालकको चयन गर्नेछ।  वार्षिक साधारणसभा प्रयोजनार्थ कम्पनीले पुस १२ गते बुक क्लोज गर्ने निर्णय गरेको छ। यसको मतलब पुस १२ गतेभन्दा अगाडिसम्म कायम शेयरधनीहरु यो कम्पनीको वार्षिक साधारणसभामा भाग लिन पाउनेछन्।

प्रतिक्रिया दिनुहोस्
थप समाचार

© 2026 All right reserved to arthanepal.com  | Site By : Sobij