काठमाडौं– हिमालयन लघुवित्त वित्तीय संस्था लिमिटेडले पुस २५ गते, बुधबार, बोगनभिल्ला इभेन्ट्नस, त्रिपुरेश्वरमा १२ औँ वार्षिक साधारण सभा बोलाएको छ। सो सभा बिहान ११ बजे शुरु हुनेछ।
सभाले संस्थापक समूहको तर्फबाट सञ्चालक समितिमा भएका सञ्चालकहरुको नियुक्ति अनुमोदन गर्ने, सर्वसाधारण शेयरधनीहरुको तर्फबाट सञ्चालक समितिमा प्रतिनिधित्व गर्ने १ जना सञ्चालकको निर्वाचन गर्ने, लेखापरीक्षक नियुक्त गर्ने लगायतका प्रस्तावहरु पारित गर्नेछ।
साधारण सभा प्रयोजनार्थ लघुवित्तले पुस १६ गते एक दिनका बुकक्लोज गर्ने भएको छ। यस अनुसार पुस १२ गतेसम्म नेप्सेमा कारोबार भइ कायम शेयरधनीहरुले लघुवित्तको साधारण सभामा सहभागिता जनाउन सक्नेछन्।
© 2026 All right reserved to arthanepal.com | Site By : Sobij