काठमाडौं– बरुण हाइड्रोपावर कम्पनी लिमिटेडले पुस २५ गते, बुधबार, कुण्डलिनी दरबार ब्याङ्क्वेट, चण्डोल, काठमाडौँमा बीसौँ वार्षिक साधारण सभा बोलाएको छ। सो सभा बिहान ११ बजे शुरु हुनेछ।
सभाले कम्पनी गाभ्ने, गाभिने वा प्राप्ती गर्ने, सञ्चालक समितिबाट भए गरेका निर्णय, काम कारवाहीहरुको अनुमोदन गर्ने, संस्थागत सुशासन सम्बन्धि प्रतिवेदन स्वीकृत गर्ने, लेखापरीक्षक नियुक्त गर्ने लगायतका प्रस्तावहरु पारित गर्नेछ।
साधारण सभा प्रयोजनार्थ कम्पनीले पुस १३ गते एक दिनका लागि बुकक्लोज गर्ने भएको छ। यस अनुसार पुस १२ गतेसम्म नेप्सेमा कारोबार भइ कायम शेयरधनीहरुले कम्पनीको साधारण सभामा सहभागिता जनाउन सक्नेछन्।
© 2026 All right reserved to arthanepal.com | Site By : Sobij