२०८३ असोज ५ सोमबार

Sep 21 2026 Monday

लुम्बिनी विकास बैंकका ग्राहकले बयोधा अस्पतालमा छुट पाउने

लुम्बिनी विकास बैंकका ग्राहकले बयोधा अस्पतालमा छुट पाउने

1.7K
Shares

काठमाडौं – लुम्बिनी विकास बैंकका ग्राहकले बयोधा अस्पतालमा छुट पाउने भएका छन् । बैंकले बल्खुमा अवस्थित बयोधा अस्पतालसँग बैंकका कर्मचारी एवम् डेबिट कार्ड बाहक तथा बैंकका मोबाइल बैकिङ्ग प्रयोगकर्ता साथै निक्षेपकर्ताहरुलाई विभिन्न किसिमका स्वास्थ्य उपचार सुविधाहरुमा १० प्रतिशत देखि १५ प्रतिशत सम्म छुट प्रदान गर्ने सम्झौता गरेको हो।

उक्त सुविधा बयोधा अस्पतालको बल्खु, काठमाडौ स्थित मुख्य कार्यालय बाट प्राप्त गर्न सकिने बैंकले जनाएको छ । सम्झौतामा उल्लेख भए अनुसार अस्पतालको जनरल हेल्थ तथा महिला हेल्थको प्याथोलोजी र परामर्श सेवाको प्याकेज विशेष छुटमा उपलब्ध गराउने छ ।

उक्त सम्झौता पत्रमा बैंकको तर्फबाट बैंकका मुख्य प्रबन्धक श्री दिपक खनाल र अस्पतालको तर्फबाट मेडिकल डाइरेक्टर डा। अरबिन्द कुमार साहले हस्ताक्षर गरेका छन्। लुम्बिनी विकास बैंक लिमिटेडको हाल देशका सातवटै प्रदेशमा गरी ८९ वटा शाखा कार्यालयहरु तथा १ वटा एक्सटेन्सन काउन्टर सञ्चालनमा रहेका छन् ।

प्रतिक्रिया दिनुहोस्
थप समाचार

© 2026 All right reserved to arthanepal.com  | Site By : Sobij