२०८३ असोज ५ सोमबार

Sep 21 2026 Monday

रुरु जलविद्युतको लाभांश घोषणा

रुरु जलविद्युतको लाभांश घोषणा

1.2K
Shares

काठमाडौं – रुरु जलविद्युत परियोजना लिमिटेडले लाभांश प्रस्ताव गरेको छ । कम्पनीको पुस १ गते बसेको संचालक समितिको बैठकले आर्थिक वर्ष २०७९/८० को नाफाबाट आफ्ना शेयरधनीलाई वितरण गर्ने लाभांश प्रस्ताव गरेको हो ।

कम्पनीले आर्थिक वर्ष २०७९/८० को मुनाफाबाट हाल कायम चुक्ता पूँजीको १० दशमलव ५२६३ प्रतिशत नगद लाभांश वितरण गर्ने प्रस्ताव गरेको छ । कम्पनीले बोनश शेयर प्रस्ताव गरेको छैन् ।

उक्त लाभांश पारित गर्नका लागि कम्पनीले पुस २५ गते साधारणसभा समेत आह्वान गरेको छ । कम्पनीले साधारणसभा प्रयोजनको लागि पुस १७ गते बुक क्लोज गर्ने निर्णय गरेको छ । त्यसकारण पुस १६ गतेसम्म कायम शेयरधनीले मात्र सभामा भाग लिन तथा प्रस्तावित लाभांश पाउन सक्ने छन् ।

प्रतिक्रिया दिनुहोस्
थप समाचार

© 2026 All right reserved to arthanepal.com  | Site By : Sobij