काठमाडौँ -निर्वाचन आयोगले राष्ट्रिय सभा सदस्य निर्वाचनका लागि दर्ता भएका १२ वटा राजनीतिक दललाई चुनाव चिह्न प्रदान गर्दै क्रम निर्धारण गरेको छ । दर्ता भएका दलहरुका लागि २०७९ सालको प्रतिनिधिसभा सदस्य निर्वाचनमा समानुपातिक निर्वाचन प्रणालीतर्फ प्राप्त गरेको मतको आधारमा क्रम निर्धारण गरी निर्वाचन चिह्न प्रदान गरिएको प्रवक्ता शालिग्राम शर्मा पौडेलले जारी गरेको विज्ञप्तिमा उल्लेख छ ।

© 2026 All right reserved to arthanepal.com | Site By : Sobij