२०८३ असोज ५ सोमबार

Sep 21 2026 Monday

चाँगुनारायण नगरपालिकाको अत्याधुनिक भवन सञ्चालनमा

चाँगुनारायण नगरपालिकाको अत्याधुनिक भवन सञ्चालनमा

970
Shares

भक्तपुर – चाँगुनारायण नगरपालिकाको नयाँ भवन सञ्चालनमा आएको छ। नगरप्रमुख जीवन खत्रीले नगरपालिकाको सुविधासम्पन्न भवनको शुक्रबार उद्घाटन गरेका हुन् ।

चाँगुनारायण नगरपालिका–५ छालिङ्ङमा २१ रोपनी तीन आना क्षेत्रफलमा ३२ करोड ७३ लाख ७७ हजार आठ सय १९ मा निर्माण भएको हो । त्यस अवसरमा नगरप्रमुख खत्रीले नगरको विकासमा नयाँ भवनबाट नगरवासीलाई सेवा प्रवाह गर्न सहज हुने बताए ।

नयाँ भवन निर्माणका लागि जिल्ला समन्वय समिति भक्तपुरले तीन करोड, केन्द्र सरकारबाट सात करोड ५० लाख प्राप्त भएको र बाँकी रकम नगरपालिकाको आन्तरिक स्रोतबाट व्यवस्थापन गरिएको थियो ।

प्रतिक्रिया दिनुहोस्
थप समाचार

© 2026 All right reserved to arthanepal.com  | Site By : Sobij