काठमाडौं- उच्च अदालत पाटनले काठमाडौं महानगरपालिकाले सूर्तीजन्य पदार्थको भण्डारण, बिक्रीवितरण र प्रयोगलाई पूर्ण प्रतिबन्ध लगाउने निर्णय कार्यन्वयन नगर्न अन्तरिम आदेश दिएको छ।
शुक्रबार बहसपछि जनक पाण्डे र ब्रजेश प्याकुरेलको संयुक्त इजलासले तत्काल कार्यान्वयन नगर्न आदेश दिएको हो। श्रीराम टोवागो उद्योग प्रालिको निवेदनमा अदालतले उक्त निर्णय गरेको हो । महानगरले यही मंसिर १२ गते १५ दिनको अवधि दिएर सार्वजनिक सूचना प्रकाशन गर्दै यसबारेमा जानकारी दिएको थियो। इजलासले उनीहरुले नियमित कर बुझाइरहेको र सरकारको नीति अनुसार नै अगाडि बढेकाले निवेदनको अन्तिम टुंगो नलागेसम्म महानगरलाई गुट्खा र सूर्तीजन्य पदार्थ बिक्रीमा रोक नलगाउन आदेश दिएको हो।

© 2026 All right reserved to arthanepal.com | Site By : Sobij