२०८३ असोज ५ सोमबार

Sep 21 2026 Monday

चलचित्र ‘खजुरे ब्रो’ को औपचारिक घोषणा

चलचित्र ‘खजुरे ब्रो’ को औपचारिक घोषणा

1.1K
Shares

काठमाडौँ- निर्देशक सुरज सुनुवारको निर्देशनमा बन्न लागेको चलचित्र ‘खजुरे ब्रो’ को औपचारिक घोषणा गरिएको छ। दिब्य दृश्य इन्टरटेन्टमेन्टको ब्यानरमा बन्न लागेको चलचित्रको युनिटले बंगलामुखी मन्दिर पुगेर शुभ साइत गरेको छ। कमेडी जनरामा बन्ने चलचित्रको लेखन पनि स्वयम् निर्देशक सुनुवारको रहेको छ। सुनुवारले ८ बर्ष अघि चलचित्र ‘षडङ्ग’को निर्देशन गरेका थिए। चलचित्र ‘खजुरे ब्रो’उनको कमब्याक चलचित्र हुनेछ।

नबीन मानन्धर र सुरज सुनुवारले निर्माण गर्ने चलचित्रका कार्यकारी निर्माता डायमण्ड उप्रेती हुन्। शिशिर बिसंखेले छायाँकन गर्ने चलचित्र माघ पहिलो साताबाट फ्लोरमा जानेछ। चलचित्रमा अभिनय गर्ने कलाकार तथा अन्य प्राविधिकहरुको नाम भने निर्माण टिमले गोप्य नै राखेको छ। अहिलेको दर्शकहरुको चाहना अनुसार पूर्ण मनोरंजन दिने उदेश्यका साथ चलचित्र निर्माण गर्न लागेको कलाकार तथा निर्माता नबीन मानन्धरले बताए। चलचित्रमा अनमोल गुरुङको संगीत रहनेछ। प्रकाश भुजेल युनिट प्रोडक्सन मेनेजर तथा प्रदीप भण्डारी लाइन प्रोडुसर रहेका छन्। चलचित्रको छायांकन इटहरी,धरान,दार्जलिंग र काठमाडौँमा हुनेछ।

प्रतिक्रिया दिनुहोस्
थप समाचार

© 2026 All right reserved to arthanepal.com  | Site By : Sobij