२०८३ असोज ५ सोमबार

Sep 21 2026 Monday

सेनाका उपरथी अशोक सिग्देल रथीमा बढुवा

सेनाका उपरथी अशोक सिग्देल रथीमा बढुवा

895
Shares

काठमाडौं – सरकारले नेपाली सेनाका उपरथी अशोकराज सिग्देललाई रथीमा बढुवा गरेको छ । बिहीबार बसेको मन्त्रिपरिषद बैठकले सिग्देललाई रथीमा बढुवा गरेको सञ्चार तथा सूचना प्रविधिमन्त्री रेखा शर्माले जानकारी दिइन् ।
सैनिक मुख्यालयले मंसिर १७ गते वरिष्ठ उपरथी सिग्देललाई बढुवा गर्न रक्षा मन्त्रालयमा सिफारिस गरेको थियो । बढुवासँगै उनी सिग्देल प्रधानसेनापतिको लाइन बसेका छन् । उनी प्रभुराम शर्मापछि प्रधानसेनापति हुने निश्चित भएको हो । यसअघि बढुवा सिफारिसमा परेका उपरथी ताराध्वज पाण्डे उमेर विवादमा मुछिएपछि पदबाट राजीनामा दिएका थिए ।

सेनामा बलाधिकृत र बलाध्यक्ष गरी दुई रथी हुन्छन् । अहिले बलाधिकृत रथी सीताराम खड्का छन् । अब सिग्देल बलाध्यक्ष रथी हुन्छन् । खड्का यही पुसमा नियमित अवकाशमा जानेछन् । त्यसपछि सिग्देल बलाधिकृत रथीमा बढुवा हुनेछन् । २०८१ को भदौ २४ मा अहिलेका प्रधानसेनापति प्रभुराम शर्माले तीनवर्षे कार्यकाल पूरा गरेपछि सिग्देल नै प्रधानसेनापति हुनेछन् ।

प्रतिक्रिया दिनुहोस्
थप समाचार

© 2026 All right reserved to arthanepal.com  | Site By : Sobij